४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल एमसीसी टेबल गर्न नहुने माओवादीको अडान



अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसिसी सम्झौता संसद्मा टेबल गरिए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसिसी सम्झौतामा रहेका असमान सर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई पक्षमा मतदान गर्न नसकिने निर्णय गरेको हो । 

“एमसिसी सम्झौता यथास्थितिमा अगाडि बढाउन सकिँदैन, पास गर्न सकिँदैन । जबर्जस्ती एमसिसी टेबल गरिए त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” बैठकपछि माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले भन्नुभयो । 

बैठकले एमसिसीमा रहेका राष्ट्रिय हित अनुकूलका प्रावधान संशोधन नगरी यसलाई अगाडि बढाउन नसकिने निष्कर्षसमेत निकालेको छ । “अहिले विपक्षी पार्टीले संसद् अवरोध गरिरहेको अवस्था छ । सदन सञ्चालन गर्न जोड दिने, सदन सञ्चालन नगरी कुनै पनि एजेन्डा अगाडि बढ्न नसक्ने माओवादीको निष्कर्ष छ,” उहाँले भन्नुभयो । 

बैठकले सदन सञ्चालन गर्न विपक्षी नेकपा ९एमाले०सँग पनि आग्रह गर्ने निर्णयसमेत गरेको छ । राष्ट्रिय सहमति जुटाएर मात्र एमसिसी सम्झौतालाई अगाडि बढाउनुपर्ने निष्कर्ष माओवादी बैठकले निकालेको छ । “राष्ट्रिय सहमतिबिना एमसिसी अगाडि बढ्न सक्दैन, गठबन्धनमा रहेका दलहरुका बीचमा सहमति हुनुपर्छ, दलहरुका बीचमा सहमति नभई यो अगाडि बढ्न सक्दैन,” प्रमुख सचेतक गुरुङले भन्नुभयो ।  

उहाँले पाँच दलीय गठबन्धनको निर्णयबिना सरकार एक्लै अगाडि बढ्ने अवस्था हुँदैन भन्दै सरकारले गठबन्धन तोडेर जबर्जस्ती गरेको अवस्थामा सरकारमा रहने सम्भावना नरहने बताउनुभयो ।