२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र आसिफको ओडिआइमा जम्प, सुधारे वरीयता



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियमा बलिङको वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान बढेर २१ औं स्थानमा पुगेका छन् ।

बलिङ तर्फ नै नेपालका सोमपाल कामी , दीपेन्द्र सिंह ऐरी र करण केसीले शीर्ष १ सय भित्र स्थान बनाएका छन् । सोमपाल तीन स्थान बढेर ६० औं र ऐरी दुई स्थान बढेर ६३ औं स्थानमा छन् । करण भने ९६ औं स्थानमा छन् ।

यस्तै, ब्याटिङ तर्फ कप्तान रोहित पौडेल ५५ औं स्थानमा यथावत रहेका छन् । त्यसैगरी, आसिफ शेख नौ स्थानले बढेर ६२ औं स्थानमा पुगेका छन् । नेपालका अन्य ब्याटरले भने शीर्ष १ सयमा स्थान बनाउन सकेनन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् भने बलिङमा भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा छन् ।

एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।