१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र आसिफको ओडिआइमा जम्प, सुधारे वरीयता



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियमा बलिङको वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान बढेर २१ औं स्थानमा पुगेका छन् ।

बलिङ तर्फ नै नेपालका सोमपाल कामी , दीपेन्द्र सिंह ऐरी र करण केसीले शीर्ष १ सय भित्र स्थान बनाएका छन् । सोमपाल तीन स्थान बढेर ६० औं र ऐरी दुई स्थान बढेर ६३ औं स्थानमा छन् । करण भने ९६ औं स्थानमा छन् ।

यस्तै, ब्याटिङ तर्फ कप्तान रोहित पौडेल ५५ औं स्थानमा यथावत रहेका छन् । त्यसैगरी, आसिफ शेख नौ स्थानले बढेर ६२ औं स्थानमा पुगेका छन् । नेपालका अन्य ब्याटरले भने शीर्ष १ सयमा स्थान बनाउन सकेनन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् भने बलिङमा भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा छन् ।

एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।