२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समितिको बैठक बस्दै, भोली दशौँ महाधिवेशन आयोजक कमिटी बैठक बस्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बालुवाटारमा बस्दै छ ।

एमाले कार्यलय सचिब शेरबहादुर तमाका अनुसार बुधबार ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाईएको छ । भोली बस्ने बैठकको तयारी बारे आज साँझ ५ बजे स्थायी समितिको बैठक बस्दैछ ।

भोलीको बैठकले यस अघि रुपान्तरण गरिएको  महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दे  केन्द्रीय कमिटीका नै फर्काउने र  बैठक बोलाउने तयारी रहेको एक नेताले जानकारी दिनुभयो । पार्टी भित्रको बिवाद निरुपणका लागि पनि जेष्ठ २को अबस्थामा फर्कनु पर्ने र अदालतले पनि महाधिवेशन आयोजक कमिटीलाइ मान्यता नदिएपछि पूर्बवत अबस्थामा फर्कन लागेको ती नेताले जानकारी दिनुभयो ।

महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएका छन् तर पूर्बवत केन्द्रीय समितिको बैठक आब्हान भए के गर्ने भन्ने बारेमा भने नेपाल समूह ले आज छलफल गर्देछ ।