२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्ने



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । 

संसद भवन नयाँबानेश्वरमा मंगलबार दिउँसो हुने अन्तरक्रियामा सभामुखले पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ । 

यसअघि सभामुख सापकोटाले पूर्वसभामुख, पूर्वप्रधानमन्त्रीहरु तथा कानुनविद्हरुसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।