२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलबाट निर्वाचन जितेपछि सांसद स्वतन्त्र रहँदैन : नायब महान्यायाधिवक्ता पाण्डेय



अ+ अ-

काठमाडौं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारी पक्षको बहस जारी छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा महान्यायाधिवक्ता रमेश बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दैछन् । 

नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयको बहस जारी छ । बहसका क्रममा उनले दलीय हिसाबले चुनाव जितेका सांसदले स्वतन्त्र हैसियतले समर्थन वा विरोध गर्न नसक्ने बताएका छन् ।

कांग्रेस र माओवादीका सांसदहरूले आफ्नो दलको ह्वीप पालना गरेपनि नेकपा एमालेका सांसदहरूले ह्वीप उल्लघंन गरेको भन्दै पाण्डेयले दलको निर्णय नमान्ने छुट सांसदलाई नहुने तर्क प्रस्तुत गरेका छन् । 

पाण्डेयले भने, ‘सरकारलाई समर्थन दिने वा फिर्ता लिने दलको निर्णयबाट हुन्छ । दलबाट निर्वाचित सांसदले स्वतन्त्र निर्णय लिन सक्दैन श्रीमान् । यसबाट त हाम्रो बहुदलीय लोकतन्त्र खतरामा पर्छ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल नहुने प्रष्ट भइसकेपछि नयाँ प्रक्रिया सुरू गर्न प्रस्ताव गर्नु संविधानसम्मत रहेको उनको भनाई छ ।