२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिन बन्द हुँदै सिभिल बैंकको एटीएम सेवा



अ+ अ-

काठमाडौं । सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि अवरुद्ध हुने भएको छ ।

मंगलवार एक सूचना जारी कम्पनीले गर्दै एटीएम स्विच अपग्रेड गर्नुपर्ने भएकाले तीन दिन सेवा बन्द हुने जानकारी दिएको हो । 

कम्पनीका अनुसार असार १६ गते  ५ बजेदेखि १८ गते बिहान ५ बजे सम्म एटीएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुनेछ । 

यस्तै सो मिति पश्चात एटीएम टर्मिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकाले असार १८ गतेदेखि असार मसान्तसम्ममा एटीएम टर्मिनलहरु  अवरुद्ध हुन सक्ने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले सो अवधिमा कम्पनीको एटीएम कार्ड हिमालयन बैंक लिमिटेडको एटीएम टर्मिनलहरुबाट निर्वाध रुपमा निःशुल्क प्रयोन गर्न सकिने बताएको छ ।