२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको बैठकमा नेपाल-खनाल समूहका ११ नेताबाहेक सबैलाई बोलाइयो



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरुलाई पनि बोलाइएको छ ।

बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित हुन भनिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यद्यपि माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत ११ जनालाई भने बोलाइएको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ १० गते नेता खनाल, नेपालसहितलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेका थिए ।

कारबाहीमा परेकाबाहेक सवैलाई बैठकमा बोलाइएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी एमालेले गरेको छ ।