२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको बैठकमा नेपाल-खनाल समूहका ११ नेताबाहेक सबैलाई बोलाइयो



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरुलाई पनि बोलाइएको छ ।

बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित हुन भनिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यद्यपि माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत ११ जनालाई भने बोलाइएको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ १० गते नेता खनाल, नेपालसहितलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेका थिए ।

कारबाहीमा परेकाबाहेक सवैलाई बैठकमा बोलाइएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी एमालेले गरेको छ ।