२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडर धान खेतमा



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ राम्जामा आज उहाँसहित धान रोपाईँ भएको छ । 

राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई दशकपछि तिमिल्सिनाले मल्काको आफ्नै खेतमा पुगेर हलो जोत्नुभएको छ । असार १५ मा हिलोमा पस्नुपर्छ भन्ने नेपाली मान्यता छ । अध्यक्ष तिमिल्सिनाले हलो जोतिरहँदा इजरायली राजदूत हनान गोडर बाउसे बनेर साथ दिन पुग्नुभएको थियो । 

अध्यष तिमिल्सिनाले विसं २०५९ पछि आफ्नै जन्म गाउँमा पुगेर रोपार्इँमा सहभागी हुँदा असाध्यै रोमाञ्चित भएको जनाउँदै भन्नुभयो “लामो समयपछि पनि रोपाईँका लागि हलो जोत्न, आली लगाउन बिर्सेको रैनछु भन्ने सुखद अनुभूति भएको छ ।” कृषि उत्पादनलाई निर्वाहमुखी र परम्परागत रुपमा मात्रै सिमित गर्दा यसले आम्दानी र जीवनस्तरमा सुधार आउन नसकेकाले अब व्यवसायिक कृषि प्रवद्र्धन गर्नुपर्ने पर्नेमा उहाँले जोड दिनुभयो । उन्नत प्रविधि र नष्लको प्रयोग गरेर व्यवसायिक रुपमा खेती गर्दै आयतलाई प्रतिस्थापन गर्नु अहिलेको प्रमुख कार्यभार भएको उहाँले उल्लेख गर्नुभयो । 

इजराल कृषिमा विश्वकै नमुना देश मानिन्छ । राजदूतले मोदी गाउँपालिकासँग कृषि उत्पादनका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । कोभिड १९ का कारण औपचारिक कार्यक्रम र भीडभाड हुने कार्यक्रम नगरिने भएकाले अध्यक्ष तिमिल्सिना जन्मगाउँ राम्जा पुगेर रोपाँईमा सहभागी हुनुभएको हो । 

सो कार्यक्रम  स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो । सो अवसरमा पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतलगायत सहभागी हुनुभएको थियो ।