२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी–तिनाउ डाइभर्सन कार्यान्वयन नगर्न सर्वोच्चमा रिट दायर



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना कार्यान्वयन नगर्न माग गर्दै रिट दायर भएको छ। 

बुधबार अधिवक्ता तुलसीराम पोखरेलले रिट दायर गरेका हुन्। 

डाइभर्सनले समग्र गण्डकी प्रदेश र कालीगण्डकी जलाधार क्षेत्र राम्दीदेखि देवघाटसम्मका बासिन्दालाई दीर्घकालीन रूपमा असर पर्ने बताउँदै परियोजना बनाउन नहुने उनले निवेदनमा उल्लेख गरेका छन् । 

यही असार १२ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सन कार्यालयको उद्घाटन गरेका थिए। गण्डकी प्रदेशले उक्त आयोजनाको विरोध जनाउँदै आएको छ ।