२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो ओली प्रवृत्ति विरुद्धको लडाईं हो, पुनरावृत्ति हुँदैन : नेता माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अहिले देश, व्यवस्था र संविधान संकटग्रस्त भएको बताएका छन् । नेता नेपालले बुधबार विपक्षी गठबन्धनले लेखक तथा बुद्धिजीवीसँग आयोजना गरेको अन्तरक्रियामा सो कुरा उल्लेख गरेका हुन् । 

नेपालले काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहका कारण आगामी कदम चाल्न गाह्रो भएको बताएका हुन् । 

‘मैले केही गरौं भनेर भन्दा शेरबहादुरजीले होइन, होइन अदालतको फैसलासम्म केही नगरौं भन्नुहुन्छ ।’ नेता नेपालले भनेपनि तर आफूले गर्न लागेको कुरा भने खुलाएनन् ।

नेता नेपालले आफूहरूबाट केपी ओली प्रवृतिको पुनरावृत्ति नहुने बताए ।

नेपालले भने, ‘यो ओली प्रवृत्ति विरुद्धको लडाईं हो । यो पुनरावृत्ति हुँदैन । यस्ता पत्र कि त सालभन्दा पहिला थिए होला । त्यसपछि छैन । राजा महेन्द्र हुन भने एउटा कुरा होइन । होइन भने यस्ता पात्र पाइँदैन ।’

उनले पूर्वप्रधानमन्त्री क्लब बनाउन खोजेपनि सफल हुन नसकेको बताए । इस्युमा केन्द्रित भएर पार्टी र गठबन्धनभित्र छलफल नहुन नसकेको उनको बताए ।

राजनीतिक परिवर्तन संस्थागत गर्न शासक र जनतामा परिवर्तन आउनु आवश्यक रहेको उनको बुझाइ छ ।

आफ्नो पार्टीभित्रको अन्तर संघर्षले  आफू को हुँ भन्न पनि गाह्रो रहेको उनले बताए । उनले थपे, ‘अहिले उहाँहरूको भन्दा मेरो स्थिति अलि फरक छ । म के हुँ भनेर भन्न पनि बडा गाह्रो छ । गाह्रो छ नि ।’