२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो ओली प्रवृत्ति विरुद्धको लडाईं हो, पुनरावृत्ति हुँदैन : नेता माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अहिले देश, व्यवस्था र संविधान संकटग्रस्त भएको बताएका छन् । नेता नेपालले बुधबार विपक्षी गठबन्धनले लेखक तथा बुद्धिजीवीसँग आयोजना गरेको अन्तरक्रियामा सो कुरा उल्लेख गरेका हुन् । 

नेपालले काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहका कारण आगामी कदम चाल्न गाह्रो भएको बताएका हुन् । 

‘मैले केही गरौं भनेर भन्दा शेरबहादुरजीले होइन, होइन अदालतको फैसलासम्म केही नगरौं भन्नुहुन्छ ।’ नेता नेपालले भनेपनि तर आफूले गर्न लागेको कुरा भने खुलाएनन् ।

नेता नेपालले आफूहरूबाट केपी ओली प्रवृतिको पुनरावृत्ति नहुने बताए ।

नेपालले भने, ‘यो ओली प्रवृत्ति विरुद्धको लडाईं हो । यो पुनरावृत्ति हुँदैन । यस्ता पत्र कि त सालभन्दा पहिला थिए होला । त्यसपछि छैन । राजा महेन्द्र हुन भने एउटा कुरा होइन । होइन भने यस्ता पात्र पाइँदैन ।’

उनले पूर्वप्रधानमन्त्री क्लब बनाउन खोजेपनि सफल हुन नसकेको बताए । इस्युमा केन्द्रित भएर पार्टी र गठबन्धनभित्र छलफल नहुन नसकेको उनको बताए ।

राजनीतिक परिवर्तन संस्थागत गर्न शासक र जनतामा परिवर्तन आउनु आवश्यक रहेको उनको बुझाइ छ ।

आफ्नो पार्टीभित्रको अन्तर संघर्षले  आफू को हुँ भन्न पनि गाह्रो रहेको उनले बताए । उनले थपे, ‘अहिले उहाँहरूको भन्दा मेरो स्थिति अलि फरक छ । म के हुँ भनेर भन्न पनि बडा गाह्रो छ । गाह्रो छ नि ।’