२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटपाथमा राखिएका निर्माण सामग्री हटाउँदै महानगर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म फुटपाथमा राखिएका निर्माण सामग्री हटाउन थालेको छ ।

फुटपाथमा विभिन्न व्यवसायका निर्माण सामग्रीले फुटपाथमा यात्रुलाई हिँड्न सकस भइरहेको अवस्थामा महानगरले फुटपाथलाई खाली गराउन पहल थालेको हो । खासगरी यो क्षेत्रमा हार्डवेयरका व्यवसायीहरुले फुटपाथमा फलामे छडसहितका निर्माण सामग्री फुटपाथमा राख्ने गर्दथे ।

महानगरले कालीमाटीदेखि कुलेश्वरको गणेशस्थानसम्म पनि फुटपाथमा राखिएका निर्माण सामग्री हटाउने अभियान थालेको छ ।

यसअघि महानगरले दरबारमार्गमा फुटपाथमा पार्किङ गरेर राखिएका मोटरसाइकल तथा अन्य सवारी साधन हटाएपछि दरबारमार्ग सुनसान देखिएको थियो ।