१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?



अ+ अ-

काठमाडौं । सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर एक लाख ३ हजार २ सय रुपैँया कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २ हजार ७ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ । शुक्रबारको कारोबारमा तेजाबी सुन तोलामा एक लाख २ हजार रुपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।