२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?



अ+ अ-

काठमाडौं । सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर एक लाख ३ हजार २ सय रुपैँया कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २ हजार ७ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ । शुक्रबारको कारोबारमा तेजाबी सुन तोलामा एक लाख २ हजार रुपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।