२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सका चर्चित क्राइम रिपोर्टरमाथि गोली प्रहार



अ+ अ-

एजेन्सी । नेदरल्यान्ड्सका पत्रकार पिटर आर डे भ्रिसमाथि गोली प्रहार भएको छ ।

प्रहरीका अनुसार मंगलबार राजधानी आम्स्टर्डमको सडकमा चर्चित क्राइम रिपोर्टर भ्रिसमाथि गोली प्रहार भएको हो । 

गोली लागेका उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले यस घटनाबारे अनुसन्धान थालेको छ । मिडिया रिपोर्ट अनुसार अनुसार डेभ्रिसमाथि पाँचपटक गोली प्रहार गरिएको थियो । 

डे भ्रिस टेलिभिजन स्टुडियोबाट बाहिरिएको केही समयमा नै उनीमाथि गोली प्रहार भएको बताइएको छ ।

डे भ्रिसले गरेको यसअघि विभिन्न मुद्दामा गरेको खोज रिपोर्टिङको विषयलाई लिएर उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको खुलेको छ ।