२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० दोस्रो सेमिफाइनलः इंग्ल्यान्ड र डेनमार्क भिड्दै



अ+ अ-

एजेन्सी । युरो २०२० फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज (बुधबार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा यी दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै फाइनलमा इटालीसँग भेट्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । 
 
इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । 

हेड टु हेडको कुरा गर्दा इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १२ खेलमा जित निकालेको छ भने डेनमार्कले ४ खेल जितेको छ । यस्तै ५ खेल बराबरीमा सकिएको छ ।