२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० दोस्रो सेमिफाइनलः इंग्ल्यान्ड र डेनमार्क भिड्दै



अ+ अ-

एजेन्सी । युरो २०२० फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज (बुधबार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा यी दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै फाइनलमा इटालीसँग भेट्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । 
 
इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । 

हेड टु हेडको कुरा गर्दा इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १२ खेलमा जित निकालेको छ भने डेनमार्कले ४ खेल जितेको छ । यस्तै ५ खेल बराबरीमा सकिएको छ ।