२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच ‘वान टु वान’ भेटवार्ता सुरु भएको छ  । 

आज (बुधबार) दिउँसो सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको एमाले कार्यदलको बैठकले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो । 

त्यसैअनुरुप थप निचोड निकाल्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल होटल मेरियटमा छलफलमा जुट्नुभएको हो । 

कार्यदलको आज सिंहदरबारमा भएको बैठकमा प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको थियो ।