२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि तयार रहन राजदूतको सुझाव

अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि तयार रहन राजदूतको सुझाव
अ अ+ अ-

काठमाडौं । विभिन्न देशका नेपाली राजदूतले विश्वमा कोभिडविरुद्धको खोपको प्रभावकारीतासँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अन्तरराष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनुपर्ने बताउनुभएको छ । 

कोभिड–१९ महामारीका कारण लामो समयदेखि विश्वव्यापीरुपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिडविरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि अपनाउनुपर्ने पर्ने उहाँहरुको धारणा छ ।
       
नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेट सँगसँगै विश्वव्यापीरुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्दर्भमा अमेरिका, क्यानडा र ब्राजिलका राजदूतसँग आज गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा राजदूतले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विस्तारै पर्यटनलाई चलायमान बनाउन सकिने बताउनुभयो । 

बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतसँग पनि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
       
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले छिमेकी मुलुक भारत र चीनबाहेकका मुलुकका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा खतिवडाले सङ्घीय सरकार, प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ति गरी कार्यक्रम गर्न सुझाव दिनुभयो । “अहिले पर्यटकीय गतिविधि शून्य प्रायः रहेकाले बजेट अभाव हुनु स्वभाविक हो । तर प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ । त्यसलाई प्रयोग गर्नसके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

यस्तै उहाँले नेपालमा स्वास्थ्य र सिने पर्यटनको पर्याप्त सम्भावना रहको भन्दै सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहेको जानकारी दिनुभयो । यस्तै क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गानाले कोभिडको प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटक भ्रमणमा निस्किरहेको भन्दै नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिँदै बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । 

उहाँले पर्यटक आगमन मात्र नभएर पर्यटनमा वैदेशिक लगानी भित्र्याउने गरी दूतावासले पहल गरिरहेको र यसमा विभिन्न सरोकारवालासँग समन्वय र सम्पर्क भइरहेको जानकारी दिनुभयो । यस्तै ब्राजिलका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन भरत  खनालले नेपालको पर्यटनको अन्तरराष्ट्रिय प्रर्वद्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताउनुभयो । उहाँले डिजिटल तथा परम्परागत दुवै खालका प्रवद्र्धनात्मक सामग्रीको उत्पादन र प्रचार गर्न बोर्डलाई सुझाव दिएनुभयो ।
       
यस्तै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यकारी कन्सुलर जनरल विष्णुप्रसाद गौतमले न्युयोर्कबाट नेपाल जाने पर्यटकको सङ्ख्या विगतका वर्षमा बढ्दै गइरहको सन्दर्भमा नेपालका बारेमा सही सूचना प्रवाह गर्नसके यसलाई निरन्तरता दिन सकिने बताउनुभया । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटको सीमिततालाई ध्यान दिँदै बोर्डले काम गरिरहेको जानकारी दिनुभयो । 

उहाँले नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरी पर्यटकीय गन्तव्यको विकासमा लागेको जानकारी दिनुभयो । उहाँले कोभिडले गर्दा पहिले जस्तो अवस्था नभए पनि पुनरुत्थानका कार्यक्रका साथ अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर कोभिडको दोस्रो चरणको सङ्क्रमण र तेस्रो भेरियन्टको चर्चा हुँदै गर्दा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सतर्कताका साथ अघि बढ्नुपर्ने अवस्था छ । त्यसका लागि राजदूत र दूतावासको सहयोग आवश्यक छ ।”
       
बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाई नेपालको पर्यटकीय छविलाई अन्तरराष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्य सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको थियो । यस्तै राजदूतहरुले यस विषम परिस्थितिमा परम्परागत शैलीका अतिरिक्त विद्युतीय माध्यमबाट नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक सामग्री उपलब्ध गराई त्यहीँबाट उत्पादन गर्दा अझ बढी प्रभावकारी हुने धारणा राख्नुभएको थियो ।