२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातारको वर्षापछि घर भत्किँदा घोराहीमा ३ महिने शिशुको मृत्यु



अ+ अ-

दाङ । निरन्तरको वर्षाले घोराहीमा घर भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने उनकी आमा र दिदी घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका १७ क्वाडीमा बिहीबार बिहान ३ बजेतिर घरको गारो भत्किएर मनीषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको हो । 

मनीषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।