२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलबाट २० करोडको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । इजरायलले २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको छ । नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत स्वास्थ्य सामग्री आज विहान सवा ११ बजे काठमाडौं ल्याइएको हो।

विमानस्थलमा इजरायली राजदूत हनान गोडेरले नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गरेका छन् ।उक्त सहयोगमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री रहेका छन्।

कोभिड-१९ सँग सम्बन्धित इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत आफ्नै पहलमा पठाएको राजदूत डा. अञ्जान शाक्यले बताउनुभयो ।