२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदलको बैठक लगत्तै सिंहदरबारमा माधव पक्ष र प्रधानमन्त्री कार्यालयमा ओली पक्ष छलफलमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक सकिएलगत्तै सदस्यहरु आपसी छलफलमा जुटेका छन् । 

माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालयतर्फ भेला भएका छन् ।

पार्टी एकताको प्रयासका लागि कार्यदलको बैठक दुईदिनदेखि लगातार बस्दै आएको छ । विहीबार पनि बिहान ११ बजेपछि कार्यदलको बैठक बसेको थियो । तर, केही समय आन्तरिक गृहकार्य गर्ने भन्दै बैठक साँझ बस्नेगरी स्थगित गरिएको छ ।

एमालेका दोस्रो तहका नेताहरु आजै सहमति जुटाउने र ओली–माधवको संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्ने प्रयासमा सक्रिय बनेका छन् ।

यही क्रममा बुधबार राति मेरियट होटलमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालवीच वार्ता भएको थियो । वार्तामा दुबै नेताहरु आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको थिएन ।

पार्टीमा विवाद समाधानका लागि गठित एमाले कार्यदलमा केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल  सहभागी छन् । त्यस्तै, माधव समूहबाट भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेका छन् ।