२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजिता मृत्यु प्रकरणबारे चितवन प्रहरी भन्छः धेरै सूचना संकलन भइसक्यो



अ+ अ-

चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले  अनुसन्धानमा भएको प्रगतिबारे आज जानकारी गराएको छ । 

पहिलोपटक पत्रकार सम्मेलन गर्दै चितवन प्रहरीले अहिलेसम्म १ सय बढी व्यक्तिबाट सूचनाहरू संकलन गरेको बताएको हो । 

प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपीं) ओमप्रसाद अधिकारीले अनुसन्धान कार्य जारी रहेको भन्दै केही दिनमै तथ्यहरू सार्वजनिक गर्ने दाबी गरे ।

‘अहिले हामी प्रारम्भिक चरणमै छौँ, हामीले १ सयजना मानिससँग सम्पर्क गरेर केही चिजहरू पाएको अवस्था छ, अहिले अनुसन्धानकै चरणमा भएकाले डिटेलमा गएर भन्न सक्ने अवस्था भएन ।’ उनले भने । 

भिसेराको रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने भन्दै पोष्टमार्टमको प्रारम्भिक रिपोर्टबारे चलाइएको भ्रममा नपर्न  उनले स्थानीयलाई आग्रह गरे ।