२१ असार २०८३, आईतवार
,
Latest
भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः समायोजनका नाममा पार्टी कब्जा गर्न खोजेको पौडेल पक्षको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समायोजनका नाममा संस्थापन पक्षले पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकालेका छन् ।

आज बसेको सो पक्षको बैठकले विभिन्न जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेको भन्दै हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाएको छ ।

राजधानीमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द रिजाललगायत सहभागी थिए ।

समायोजन समितिका सदस्यहरु दिलेन्द्र बडु , दीपक गिरी, छानविन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङको पनि बैठकमा उपस्थिती थियो । 

बैठकमा शीर्ष नेताहरूले विधानविपरीत आएका सदस्यताबारे कडा ढंगले प्रस्तुत हुन समितिका सदस्यहरूलाई निर्देशन दिएका छन् ।

विभिन्न पार्टीबाट प्रवेश गरेको भन्दै मनपरी ढंगले दिइएको क्रियाशील सदस्यताले कांग्रेसभित्र कांग्रेस नै अल्पमतमा पर्ने देखिएको भन्दै त्यस्ता सदस्यता कायम हुन नदिने विषयमा कडा ढंगले प्रस्तुत हुने निष्कर्ष बैठकले निकालेको हो ।