स्याङ्जा । अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको स्याङ्जा(पोखरा सडकखण्ड अवरुद्ध भएको छ ।
स्याङजा-पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
सडक डिभिजन कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।