२१ असार २०८३, आईतवार
,
Latest
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गठित कार्यदलको बैठकमा के होला सहमति, के भन्छन् नेता



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ । बिहिबार साँझ भएको बैठकमा सहमतिका लागि प्रारम्भिक मस्यौदामाथिको छलफलमा मात्रै सीमित हुने देखिएको छ।

बैठक अघि माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेका रघुजी पन्तले आजै सहमति नहुन सक्ने. बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता हुने सम्भावन न्यून रहेको उल्लेख गरेका छन्। 

बुधबार नक्सालस्थित मेरियट होटलमा भएको दुई चरणको वार्तामा अध्यक्ष ओलीले नेपाललाई निःशर्त सहयोग गर्न आग्रह गरेका थिए।

ओली र नेपालले आफू पक्षीय दुई–दुई जनासहित वार्तामा थिए भने पछि एक्लाएक्लै वार्ता गरेका थिए। ओली र नेपालको वार्ताको वातावरण तयार पार्न कार्यदलका सदस्यले लामो प्रयास गरेका थिए।