काठमाडौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ । बिहिबार साँझ भएको बैठकमा सहमतिका लागि प्रारम्भिक मस्यौदामाथिको छलफलमा मात्रै सीमित हुने देखिएको छ।
बैठक अघि माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेका रघुजी पन्तले आजै सहमति नहुन सक्ने. बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता हुने सम्भावन न्यून रहेको उल्लेख गरेका छन्।
बुधबार नक्सालस्थित मेरियट होटलमा भएको दुई चरणको वार्तामा अध्यक्ष ओलीले नेपाललाई निःशर्त सहयोग गर्न आग्रह गरेका थिए।
ओली र नेपालले आफू पक्षीय दुई–दुई जनासहित वार्तामा थिए भने पछि एक्लाएक्लै वार्ता गरेका थिए। ओली र नेपालको वार्ताको वातावरण तयार पार्न कार्यदलका सदस्यले लामो प्रयास गरेका थिए।