२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठकपछि भुसालले किन गरे यस्तो दावि, के अब एक होला एमाले ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेक नेता घनश्याम भुसालले छलफलहरूबाट कुनै प्रगति हुन नसकेको बताएका छन् । एमाले गठित कार्यदलका सदस्य समेत रहेका भुसालले  पछिल्ला १० दिनदेखि छलफल जायिर रहेपनि कुनै  प्रगती नभएको बताएका हुन् ।  

‘हामीले १० दिनदेखि खास प्रगति गरेका छैनौं’, बिहीबार साँझको कार्यदल बैठकपछि उनले भने, ‘१० दिनअघि हामीले केही एजेण्डा तय गरेका थियौं । अनौपचारिक हिसावले हामीले छलफल गरेर ती एजेण्डा तय भएका थिए । त्यसमा हामीले प्रगति गर्न सकेका छैनौँ ।’

उनले भोलि साढे ११ बजे पुनः बैठक बसेर सहमति जुटाउने प्रयास हुने विश्वास व्यक्त गर्दै आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल बैठकका सहभागी नभएका कारण आजको बैठकका खासै छलफल समेत हुन नसकेको उनको भनाइ छ ।