२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित

प्रधानमन्त्री ओलीले किन गरे यस्तो प्रसंशा

प्रधानमन्त्री ओलीले किन गरे यस्तो प्रसंशा
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आज आयोजित सम्मान कार्यक्रममा प्रतिष्ठानका कुलपति ओलीले हरेक नागरिकलाई आफ्ना प्रतिभा पत्ता लगाउने र  रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बतानुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा  पूरा गर्न अभाव र विभेदरहित, शान्त सभ्य र मानवीयतायुक्त समाज आवश्यक भएको बताउँदै उहाँले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिककालमा रहेको समतामूलक समाज जरुरी भएको धारणा उहाँको थियो  । 

“हामीे मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौँ भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ”, उहाँको भनाइ थियो । देशमा शिक्षा आर्जन गर्ने अधिकरार ७० वर्षअघि मात्रै प्राप्त  भए पनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको भनाइ पनि प्रधानमन्त्रीको थियो । यसै क्रममा देशले विसं २०४० देखि प्राविधिक शिक्षाको शुरुआत, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा  नेपाली वैज्ञानिकले खोज अनुसन्धान शुरु गर्न थालेको पनि उहाँले बताउनुभयो ।
 
देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोसं्रो मिर्गौला प्रत्यारोपण स्वदेशमै सफल भएको भनाइ प्रधानमन्त्रीको थियो । उहाँले भन्नुभयो, “हाम्रा डाक्टरहरू अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरूले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीेले गर्छौँ ।” पहिलो पटक गर्दा बारम्बार सङक्रमणले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपणपछि भने त्यस्तो सङ्क्रमण झेल्नु नपरेको र १२/१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उहाँले स्मरण गर्नभयो ।

प्रधानमन्त्रीले नेपालीमा पुर्खाबाट आएको आनुवंशिक ज्ञानका आधारमा नव प्रतिभाहरूबाट  विज्ञानका  ठूला अनुसन्धान हुनसक्ने समेत बताउनुभयो  । परापूर्व कालमा औषधि विज्ञानका क्षेत्रमा महर्षी चरकको असाधारण योगदान, शल्यचिकित्साको क्षेत्रमा संहिताको विकास भएको समेत उहाँले उल्लेख गर्नुभयो । पूरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणितज्ञ भाष्कराचार्यले गरेको योगदान समेत उल्लेख गर्दैै प्रधानमन्त्रीले नेपाली प्रतिभा प्रष्फुटनका लागि थुप्रै स्थान बाँकी रहेको  बताउनुभयो ।
 
विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमीनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उहाँको थियो । उहाँले भन्नुभयो, “सन् १९७० को दशकसम्म अन्न उत्पादन नहुने भएकाले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ र त्यहाँ काम गर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमूनायोग्य काम गरिहेका छन् ।” हामी कहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दैै उहाँले यसका लागि आत्मविश्वास पैदा गर्नु जरुरी रहेको प्रधानमन्त्रीले बताउनुभयो ।
 
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत विसं २०७७ को नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाइमा प्रवद्र्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नुभएको थियो ।
 
यसै गरी उहाँले  हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेवापत उत्तमबाबु श्रेष्ठ लाई विज्ञान प्रविधि पुरस्कार तथा  कोभिडसम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन उपत्यकाको  भूमिगत जल सञ्चयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गर्नुभएको थियो ।
 
कार्यक्रममा डा आनन्द मिश्रलाई  धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे वापत,  डा अनुपमान श्रेष्ठलाई  बालिरोग नियन्त्रणमा जैविक विषादीसम्बन्धी अनुसन्धान गरेबापत र  डा सागर रेग्मीलाई क्यान्सर र व्यायमको अन्तरसम्बन्धसम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो । यसैगरी महिला विज्ञान पुरस्कार डेङ्गु रोगको फैलनमा तापक्रमको भूमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो । विद्यालयमा विज्ञान शिक्षाको प्रवद्र्धन गरेवापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्दप्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।