६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड-१९ महामारी बीच आसियान विदेश मन्त्रीहरूको बैठक



अ+ अ-

नोम पेन्ह 'कम्बोडियो' । कोभिड-१९ महामारी, समावेशी आर्थिक पुनस्प्राप्ति र संवाद साझेदारहरूसँगको सम्बन्ध जस्ता मुद्दाहरूमा छलफल गर्न हाइब्रिड ढाँचामा बिहीबार आसियान विदेश मन्त्रीहरूको बैठक (एएमएम रिट्रीट) शुरु भएको छ। 

कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनको अध्यक्षतामा भएको उक्त रिट्रीटमा इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर र लाओसका विदेशमन्त्रीहरू र ब्रुनाई, थाइल्याण्ड र भियतनामका विदेशमन्त्रीहरूले अनलाइनमा भाग लिनुभएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार यसका लागि प्रतिनिधि भियतनामी विदेश मन्त्री बुई थान्ह सन बुधबार दिउँसो कम्बोडिया आइपुगे पनि कोभिड संक्रमण पुष्टि भएपछि अनलाइन बैठकमा भाग लिनुभएको हो कोभिड महामारीको कारण एक वर्ष भन्दा बढीको अन्तराल पछि यो पहिलो व्यक्तिगत रूपमा आसियान विदेश मन्त्रीहरूको बैठक हो।

भेला शुरुमा जनवरीमा हुने तय गरिएको थियो तर कम्बोडियाले म्यानमारमा आफ्नो अडानलाई लिएर अन्य राष्र्ीहरूसँग झगडा गरेपछि स्थगित गरिएको थियो। गत वर्ष फेब्रुअरीमा भएको सैनिक विद्रोहपछि म्यानमारमा भएको 'पाँच-बुँदे सहमति' लाई कसरी साकार पार्ने भन्ने छलफलको मुद्दा हुने अपेक्षा गरिएको, एनएचके वर्ल्डले रिपोर्ट गरेको छ। गत वर्ष भएको आसियान शिखर स्तरीय बैठकमा उक्त सहमति भएको थियो ।

यसका प्रस्तावहरूमध्ये म्यानमारमा हिंसाको तत्काल अन्त्य र आसियानका विशेष दूतको मध्यस्थतामा सम्बन्धित सबै पक्षहरूबीचको वार्ता समावेश छ, एनएचके वर्ल्डले उल्लेख गरेको छ। फेब्रुअरी १ मा म्यानमारको सेनाले वरिष्ठ जनरल मिङ आङ ह्लाइङको नेतृत्वमा सेनाले नागरिक सरकारलाई अपदस्थ गरी एक वर्ष लामो सङ्कटकाल घोषणा गरेपछि देश अशान्त छ। (रासस/एएनआई)