२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
फाईल फोटो
अ अ+ अ-

पर्वत । पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो ।

चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रबाट अन्यत्र जाने सवारी साधन पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन पराधीमा अलपत्र बनेका छन् ।

उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको अनियाघाट र ज्यामिरेलगायतका ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको हो । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

डाइभर्सन निर्माण गरी साना सवारीसाधन सञ्चालनमा 

नवलपुर– अविरल वर्षापछि आएको बाढीका कारण ह्युमपाइप बगाउँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड डाइभर्सन निर्माण गरी सञ्चालनमा आएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोतीमा ह्युमपाइप बगेर अवरुद्ध भएको सडकमा डाइभर्सन गरेर साना सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले साना सवारी साधन आवागमन गर्न मिल्ने गरी डाइभर्सन निर्माण गरिएको बताउनुभयो । “ह्युमपाइप बगाएर सडक अवरुद्ध भएपछि केही तलबाट डाइभर्सन निर्माण गरेका छौँ”, मल्लले भन्नुभयो, “डाइभर्सनबाट साना सवारी साधनलाई मात्रै पास गराएका छौँ । ठूला सवारी साधन सडकमै लामबद्ध अवस्थामा छन् ।” उक्त सडक अवरुद्ध भएपछि करिब ६०० भन्दा बढी ठूला सवारी साधन सडकमा लामबद्ध रहेको मल्लले जानकारी दिनुभयो ।

ह्युमपाइप बगाएको ठाउँमा सडकसमेत भासिएका कारण सडक मर्मत गरेर राजमार्गबाट सवारी साधन सञ्चालन गर्न समय लाग्ने उहाँले बताउनुभयो । “ह्युमपाइप बगेको ठाउँमा सडक पनि भासिएको छ”, मल्लले भन्नुभयो, “दु्रतगतिमा काम भइरहेको थियो । राति काम गर्न समस्या हुँदा सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न ढिला हुने भयो ।” ह्युमपाइप बगाएको ठाउँमा सडक भासिएर अवरुद्ध भएकै ठाउँबाट ठूला सवारी साधनसमेत चल्न सक्ने गरी सडक मर्मतको काम भइरहेको उहाँको भनाइ छ ।

यस वर्ष धेरै पानी परेको तथा नारायणगढ–बुटवल सडक स्तरोन्नतिको समेत काम भइरहेकाले विभिन्न स्थानमा डाइभर्सन बग्ने र सडक अवरुद्ध हुने घटना धेरै भएको मल्लले बताउनुभयो । केही दिनअगाडि मात्रै सोही राजमार्गअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बगाउँदा २४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो ।