२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा इतर खेका नेताहरु छलफलमा जुट्दैँ, साझा उम्मेदवार तय गर्ने प्रयास



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा इतर खेमाबाट पार्टी नेतृत्व लिन आकाक्षीहरु एकै ठाउँमा छलफल गर्दै छन् ।

पौडेल खेमाबाट अगिल्लो महाधिवेशनमा देउवा खेमामा पुग्नु भएका नेता अर्जुन नरशिंह केसीको अगुवाईमा सभापतिका आकाक्षीहरु छलफल गर्न लागेका हुन् । शुक्रबार अपराह्न चार बजे हुने भनिएको छलफलमा भरसक देउवा बिरुद्ध साझा उम्मेबार तय गर्न प्रयास गरिने एक नेताले जानकारी दिनुभयो । 

पार्टी नेतृत्वको लागि सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने बताउनु भएको छ । कांग्रेस महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदैछ ।