२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित

‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने

‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने
अ अ+ अ-

नेपालगञ्ज । धम्बोझीमा रहेको वाटरपार्कलाई नेपालगञ्ज उपमहानगरपालिकाकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । 

वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये करिब आठ बिघा क्षेत्रमा तलाउ छ । पार्कको काम सम्पन्न भई उपमहानगरलाई हस्तान्तरण गरिए पनि अन्य काममा केही ढिलाइ हुन गएको छ । कोरोना महामारीपछिको बन्दाबन्दीका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ । पार्क क्षेत्रको तलाउमा नौकाविहार सञ्चालन तथा माछापालनका लागि ठेक्कासमेत भइसकेको वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताउनुभयो ।

पार्कमा आकर्षक र मनमोहक फूलबारी, व्यापारिक प्रयोजनका पसल कोठालगायतका संरचना निर्माण धमाधम भइरहेका छन् । निर्माण कार्य छिटोछरितो गर्नका लागि पाँच ब्लक छुट्याइएको छ । यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि छ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै यहाँको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया जोड्ने निर्माणाधीन २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ । 

सो वाटरपार्क निर्माणको योजना १३ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु गरिएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माणमा ढिलाइ भएको हो । 

जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ । यो योजनाको अनुमानित लागत रु ८४ करोड छ । वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउनेमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल तथा सर्वसाधारणसमेत एकमत छन् । रासस