काठमाडौं । नेकपा एमाले भित्रको अन्तरसघर्ष समाधान गर्न गठित कार्यदलको बैठक शिंहदवार स्थित अर्थमन्त्रालयमा सुरु भएको छ । केही दिन देखि निरन्तर छलफलमा जुटेका सदस्यहरुले एक खालको साझा प्रस्ताव तयार पारे पनि त्यसमा सहमति जुट्न सकेको छैन ।
सहमतिको लागि वातावरण बन्दै जाँदा कार्यदलका सदस्यहरुबाट नै फरकफरक अभिव्यक्ति सार्वजनिक हुँदा समस्या भएका कारण सुचना प्रवाह कसरी गर्ने भन्ने बारेममा पनि छलफल हुने एक सदस्यले जानकारी दिनुभयो ।
ती सदस्यका अनुसार बिहिबार मन्त्रीपरिषद्को बैठकका कारण बैठक बस्न नसकेको भएपनि कार्यदलका रहनु भएका नेपाल पक्षका नेता धनश्याम भुसालले दिनुभएको अभिव्यक्ति प्रति नेपाल समूहका अन्य सदस्यले असन्तुष्टि जनाउनु भएको थियो ।
उहाँले भन्नुभयो, " धनश्यामजीले भने जस्तो केही पनि नभएको होईन, केही पनि नभएको भए किन निरन्तर छलफल हुन्थ्यो र केही कुरा मिल्न बाकि छ, त्यसलाई समाधान गर्ने कि वातावरण बिगार्ने ।"