२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित

माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको छ: टोपबहादुर रायमाझी

माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको छ: टोपबहादुर रायमाझी
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरु सहित पुग्नुभएका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाउनुभएको हो । 

उहाँले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताउनुभयो । उहाँले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । करिब २८, २९ वर्ष सम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । २०७८ सालसम्म, ९ वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन । एमाले, माओवादीको एकतालाई शुन्य समय मानेपनि करिब ७ वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावद्यिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरियो । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्येक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

उहाँले राजनीतिक पार्टीहरु संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्ने बताउनुभयो । देशमा राजनीतिक पार्टीहरुमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्धन्द चलेको भन्दै उहाँले पार्टीहरुलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताउनुभयो । राजनीतिक पार्टीहरु बिचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उहाँले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरि  स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताउनुभयो । राजनीतिक पार्टीहरुलाई सिस्टममा ल्याउनका निम्ति आफुहरुले माओवादी केन्द्र खारेजीको माग सहित निर्वाचन आयोगमा निवेदन दिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टी संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्छ । त्यो नभएसम्म देशमा अराजकता, अस्थिरता, राजनीतिक पार्टीहरुमा अस्वस्थ प्रतिस्पर्धा, द्धन्द चलिरहेको छ । सबै पार्टीको लागि सिस्टममा नल्याइकन देशको समृद्धि आउन सक्दैन । राजनीतिक पार्टीहरुका बीचमा सुमधुर सम्बन्ध हुनुपर्छ । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । राजनीतिक पार्टीहरुको बीचमा स्वस्थ प्रतिस्पर्धा हुन आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने । यही नगरिकन व्यक्तिवादी तरिकाले पार्टी चलाउने, अनुशासनहिन तरिकाले पार्टी चलाउने जुन किसिमले भइरहेको छ । देशको राजनीतिक पार्टीहरुलाई सिस्टममा ल्याउनका लागि हामीले यो पहलकदमी अगाडी बढाएका छौँ ।’

नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु शाह लगायत पुग्नुभएको थियो । उहाँहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्नपनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताउनुभयो ।