काठमाडौं । कोरोना संक्रमणको समयमा अग्रमोर्चामा खटिएकाहरुको सम्मानमा बनाएको चित्र उनिहरुको संस्थालाई हस्तान्तरण गरिएको छ । रत्नपार्कको आकाशेपुलको भित्तामा बनाएको चित्रको फोटो अग्रपंक्तिमा खटिएका संस्थाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो ।
पुनः चित्र बनाउन माग गर्दै काठमाडौं महानगरपालीकाको ध्यानकर्षण गराए पनि महानगरपालीकाले स्वीकृत नदिएपछि चित्रनिर्माणको संयोजन गर्नुभएका दुजाङ शेर्पाले नेपाल प्रहरी, नेपाल चिकित्सक सघ, नेपाल पत्रकार महासघलाई हस्तान्तरण गर्नुभयो । चित्रमा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक, प्रहरी, स्वयंसेवी, पत्रकार, शव व्यवस्थापक, सफाइकर्मीको सम्मान मा चित्र बनाईएको हो ।
६ दिन लगाएर कलाकारहरु दुजाङ शेर्पा सांगे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठले चित्र तयार गर्नुभएको थियो । चित्र निर्माण संयोजन गर्नुभएका दुजाङ शेर्पाले भन्नुभयो, “ भित्तामा हाम्रो चित्र र सन्देश मेटाए पनि मनमा त मेट्न सक्दैनौं । आज उपहार स्वरूप समर्पित यो चित्र हामीले हस्तान्तरण गरेका छौँ । उपहार लिँदा निकै खुसी र महानगरले मेट्दा एकदम दुःखी हुनु भएको गुनासो सुनाउनु भयो र हाम्रो समुहलाई धेरै धन्यवाद दिनुभयो र हामीलाई हाम्रो कर्ममा सन्तुष्ट महशुस भयो।