काठमाडौं । पछिल्लो २४ घण्टा देशभर दुई हजार धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार ११ हजार ३ सय १३ जनाको परिक्षणमा २ हजार २ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय १६ जना संक्रमण मुक्त भएका छन् भने २० जनाले संक्रमणबाट ज्यान गुमाएको छ ।