२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला मन्त्रालयको गाडीमा रंगेहात पक्राउ परेकी महिलाले प्रहरीलाई दियो यस्तो बयान



अ+ अ-

काठमाडौं । महिला मन्त्रालयको गाडीमा आपत्तिजनक अवस्थामा फेला परेकी महिलाले पैसा लिएर सहमतिमै यौनजन्य क्रियाकलाप गरेको बयान प्रहरीलाई दिएकी छन् ।उनि सहित तिन जनालाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले बिहीवार बेलुका रंगेहात पक्राउ गरेको थियो ।

मन्त्रालयका सवारी चालक, अर्का एक पुरुष र एक महिला यौनजन्य गतिविधि गरिरहेको अवस्थामा सूर्यविनायक नगरपालिका भक्तपुरमा पर्ने जंगलमा फेला परेका थिए । 

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालका अनुसार मन्त्रीको स्वकीय सचिवालयका एक सदस्यलाई घर पुर्याएर फर्किने क्रममा ती महिलासँग भेट भएको र सहमतिमै जंगलतिर गएको बयान पक्राउ परेका दुई पुरुषले दिएका छन् ।

ती दुईमध्ये एकजना मन्त्रालयका सवारी चालक हुन् भने अर्का एकजना कर्मचारी नभएको बताइएको छ ।

प्रहरीले तिनै जनालाई सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।