२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला मन्त्रालयको गाडीमा रंगेहात पक्राउ परेकी महिलाले प्रहरीलाई दियो यस्तो बयान



अ+ अ-

काठमाडौं । महिला मन्त्रालयको गाडीमा आपत्तिजनक अवस्थामा फेला परेकी महिलाले पैसा लिएर सहमतिमै यौनजन्य क्रियाकलाप गरेको बयान प्रहरीलाई दिएकी छन् ।उनि सहित तिन जनालाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले बिहीवार बेलुका रंगेहात पक्राउ गरेको थियो ।

मन्त्रालयका सवारी चालक, अर्का एक पुरुष र एक महिला यौनजन्य गतिविधि गरिरहेको अवस्थामा सूर्यविनायक नगरपालिका भक्तपुरमा पर्ने जंगलमा फेला परेका थिए । 

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालका अनुसार मन्त्रीको स्वकीय सचिवालयका एक सदस्यलाई घर पुर्याएर फर्किने क्रममा ती महिलासँग भेट भएको र सहमतिमै जंगलतिर गएको बयान पक्राउ परेका दुई पुरुषले दिएका छन् ।

ती दुईमध्ये एकजना मन्त्रालयका सवारी चालक हुन् भने अर्का एकजना कर्मचारी नभएको बताइएको छ ।

प्रहरीले तिनै जनालाई सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।