काठमाडौं । नेकपा (एमाले) का नेता शंकर पोखरेलले पार्टीको विवाद मिलाउन गठित कार्यदलको बैठकले आज सहमति हुने विश्वास ब्यक्त गरेका छन् ।
सिंहदरबारमा जारी बैठकबाट निस्किएका कार्यदलका सदस्य समेत रहेका लुम्बिनीका मुख्यमन्त्री पोखरेलले आजै टुंग्याउने गरी छलफल भइरहेको बताएका हुन्।
पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक-पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार बसेको कार्यदलको बैठक पछि नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए।