काठमाडौं । नेकपा (एमाले) को कार्यदलको बैठक जारि रहेकै वेला कार्यदलका दुइ सदस्य अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल कहाँ पुगेका छन् । कार्यदलका सदस्यहरु शंकर पोखरेल र रघुजी पन्त मस्यौदा बोकेर पुगेर ओली र नेपाल कहाँ पुगेका हुन् ।
आज बसेको कार्यदलको बैठकमा पार्टी एकताको लागि सहमति भएको नेताहरुको दाबी छ । एमालेनिकट स्रोतकाअनुसार कार्यदलमा तयार मस्यौदा अहिले ओली र नेपाल कहाँ पुर्याईएको छ ।
दुवै नेतालाई सहमतिमा हस्ताक्षर गर्नुभन्दा अघि दुवै तर्फका सुरुमा पोखरेल कार्यदलको बैठकबाट बाहिरिएर ओली कहाँ पुगेका थिए भने पन्त नेपालकहाँ पुगेका हुन् । कार्यदलको बैठक जारी छ ।