२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यू २३ च्याम्पियनसीप छनोट : नेपाल समूह ‘बी’मा



अ+ अ-

काठमाडौं । एएफसी यू २३ च्याम्पियनशीप छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । 

एसियाली फूटबल महासंघ (एएफसी) ले शुक्रवार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेस्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् ।

समूह बीका खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौं पटक यु–२३ छनोट प्रतियोगिता खेल्न लागेको हो । नेपाल हालसम्म छनोट चरण पार गर्न असफल भएको छ । 

एएफसी यू २३ च्याम्पियनशीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ । ५ समूहमा ४/४ तथा एउटा समूहमा ३ देश रहेका छन् ।

इस्ट जोनमा रहेका १९ देशलाई ५ समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् ।

एएफसी यू २३ च्याम्पियनशीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ । उज्वेकिस्तान आयोजकको रूपमा प्रतियोगिताका लागि स्वतः छनोट भएको छ ।