काठमाडौं । एएफसी यू २३ च्याम्पियनशीप छनोटमा नेपाल समूह ‘बी’मा परेको छ ।
एसियाली फूटबल महासंघ (एएफसी) ले शुक्रवार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेस्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् ।
समूह बीका खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौं पटक यु–२३ छनोट प्रतियोगिता खेल्न लागेको हो । नेपाल हालसम्म छनोट चरण पार गर्न असफल भएको छ ।
एएफसी यू २३ च्याम्पियनशीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ । ५ समूहमा ४/४ तथा एउटा समूहमा ३ देश रहेका छन् ।
इस्ट जोनमा रहेका १९ देशलाई ५ समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् ।
एएफसी यू २३ च्याम्पियनशीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ । उज्वेकिस्तान आयोजकको रूपमा प्रतियोगिताका लागि स्वतः छनोट भएको छ ।