२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीको स्वास्थ्य उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता



अ+ अ-

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच सम्झौता भएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधि उपचार गर्नेरगराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो । 

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार ट्रमा सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी, रक्तसञ्चार, फार्मेसी, रेडियोलोजी/इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), प्याथोलोजी ल्याब, शल्यक्रिया सेवा (विभिन्न विषयका), अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण) सेवा उपलब्ध गराउने छ । 

स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरीलगायत, न्युरो सर्जरी (बहिरङ/अन्तरङग), इएनटी (बहिरङ/अन्तरङ्ग), वर्न प्लास्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी (अन्तरङ्गा), सघन उपचार र फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा तथा सामाजिक सेवा एकाइमार्फत औचित्य हेरी सहुलियतपूर्ण तबरले ट्रमा सेन्टरले उपलब्ध गराउने छ ।

ट्रमा सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधि, औषधिजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि बिरामी स्वयंले व्यवस्था गर्नुरगराउनुपर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीको भुक्तानी ट्रमा सेन्टरको सिफारिसका आधारमा बिरामीले राखेपसँग शोधभर्नाका लागि पेश गर्न सक्नेछ । खेलाडीको प्रभावकारी उपचारमा सहजीकरण गर्नका लागि दुवै पक्षबाट आ–आफ्नो फोकल पर्सन तोक्नुपर्नेछ ।