काठमाडौं । नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलले सहमति भएको बताएको छ ।
बिगत केहि दिन यता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो । कार्यदलको बैठक शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । वैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिनुभयो । सहमति भएको विषयमा भाषा मिलाएर शनिवारको बैठकबाट सार्वजनिक गरिने पनि बताउनु भयो ।
जेठ २ गते गठन भएको कार्यदलले गएको सोमवारदेखि छलफल शुरु गरेको थियो । भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।