२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाइतर समूहले कसलाई बनाउने छ सभापतिको साझा उम्मेदवार, आजको बैठकमा के भयो छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समुहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ । 

शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समुहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडी बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसिले बताउनुभयो । पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखि नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘पार्टी भित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरु बीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ एकजना लड्छौँ र एकजनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रीत हो र त्यसका निम्ति के–कस्ता मोडालिटी र आधारहरु बनाउनुपर्छ र ति आधारहरुको निर्माण गर्दै समग्र रुपबाट एउटा उम्मेदवार बनाउने प्रयत्नको प्रारम्भिक प्रयास हो ।’

नेता केसीले क्रियाशिल सदस्यतामा देखिएको आन्तरिक विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि छलफल भएको जानकारी दिनुभयो । बैठक पछि नेतृ सुजाता कोईरालाले संस्थापनइतर समुहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताउनुभयो । आफुहरु एक भएर अघि बढ्ने उहाँले प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो बिचमा कुनै विवाद छैन । विवाद हुँदैन र एकजनाले उम्मेदवार दिन्छ त्यसबारेमा हामीले छलफल गरिरहेका छौँ । निर्णय भईसकेको छैन तर अब छिटो हुन्छ । हामी सबै एक छौँ । हामी एक भई जान्छौँ । एकजनाको उम्मेदवारी दिन्छौँ ।’
 
कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरुले आ–आफ्नो भेलालाई निरन्तरता दिईरहेका छन् । कांग्रेसमा आधादर्जन बढी नेताहरुले सभापतिको आकांक्षा देखाएका छन् ।