२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप उपलब्ध गराउने



अ+ अ-

काठमाडौ । अमेरिकाले नेपाललाई केही दिन भित्र १५ लाख डोज खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले केही दिन भित्र अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने  गरी  खोप निःशुल्क उपलब्ध गराउने जानकारी गराउनु भएको छ ।

सामाजिक संञ्जाल  मार्फत राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा आफ्नो लागि अत्यन्तै खुशीको क्षण  भएको उल्लेख गर्नुभएको छ । उहाँले अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ भन्दै स्टाटस पोष्ट गर्नुभएको छ ।

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।