२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक

म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना उम्मेदवार हुन्छौँः शशांक कोइराला (अन्तर्वार्ता)

म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना उम्मेदवार हुन्छौँः शशांक कोइराला (अन्तर्वार्ता)
file
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताउनुभएको छ । न्युज एजेन्सी नेपालसंगको अन्तर्वार्तामा उहाँले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आईसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंह मध्ये एक जनाले लिने उद्घोष गर्नुभयो । पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले नेताद्वयलाई आफुले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताउनुभयो । तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी उहाँले गर्नुभयो । नेतापुत्र त्रयको भेटघाट गुटउपगुटको अन्त्य गरि पार्टीलाई एकढिक्का बनाई सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा केन्द्रीत भएको उहाँले स्पष्ट पार्नुभयो । तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभई एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रुपमा बुझ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रुपमा ?

सबै भन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु । अहिलेसम्म क्रियाशिल सदस्यताको टुंगो लाग्न सकेको छैन । यो अन्त्य अन्त्य सम्म आईपुगेको छ । मलाई लाग्छ यो महिनाको अन्त्य सम्म क्रियाशिल सदस्यताको अन्तिम टुंग्गो लाग्छ र एउटा खाका तयार हुन्छ त्यसपछि हामी अधिवेशन तर्फ जान्छौ । अहिले पार्टीको ध्यान नै क्रियाशिल तर्फ छ । आज पनि हाम्रो मिटिङ भएको थियो । क्रियाशिल सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो । केन्द्रीय सदस्यहरु रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरु पनि हुनुहुन्थ्यो । हामी क्रियाशिल सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दे थियौ । क्रियाशिल टुंगो नलगाईकन त हामी महाधिवेशनमा जान सक्क्तैनौ । त्यही नै अवस्था हो ।

क्रियाशिल सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन । यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको छ । कि त्यो आशंका गलत हो ?

यो महिना भित्र क्रियाशिल सदस्यता टुंगा लगाउन सकिएन भने त आशंका त भईहाल्यो नि । यति जटिल नि क्रियाशिल सदस्यको बारेमा , हरेक जिल्लामा केही न केही छ । भन्छन् ४६ जिल्लामा भईसक्यो । त्यसमा पनि उजुरीहरु आएको छ, त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुदैन । प्रश्न चिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशिल सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौ ।

अहिले शिर्ष नेताका तीनजना पुत्र नेताहरुको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन् । अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रीत गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन् । खासमा के थियो तपाईहरुको बैठकमा ?

खासमा विमलेन्द्र निधीले नै इनिसियट गरेको हो । सबै भन्दा पहिले उहाँको बैबाहिक सम्बन्धको ३५ बर्ष भएको थियो । त्यो दिन प्रकाशमान सिं र मलाई बोलाउनुभयो । दोश्रो पटक यही मिटिङ गर्यौ र तेश्रो पल्ट प्रकाशमान जी को मा । हाम्रो भनाई के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्यो । सभापतिका लागि हामी ३ जना मध्ये कोही लड्छ भने ठिकै भयो । हामी मध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो । यसमा धेरै कुराहरु उत्पन्न छन् । एउटा कि विमलेन्द्र निधीले शेर बहादुर जीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोश्रो कुरा हामी तिनै जना मध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ , प्रकाशमान र म त छदै छु । बिमलेन्द्र नीधि हुनुहुन्छ । मैले के भनेँ भने, हामी तीनजनाबाट ५ जना गरौ, ५ जनाबाट ७ जना गरौं, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन । हामी तीनजना एकठाउँमा उभियौ भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ बिमलेन्द्र नीधिले । राम्रो पनि भयो । नकारात्मक पक्षहरु पनि छन् तर त्यो भन्दा भन्दै पनि हामीले तीनैजना एकै ठाउँमा (नेतापुत्रहरु) एकै ठाउँमा उभियो भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहीँ प्रष्टै रुपमा दिएको छ ।

मुलुकको समुल राजनीतिक अवस्था प्रतिकुल भएकाले नेतृत्व परिर्वतन नगरौ भन्ने आवाज पनि छ फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईहरुको पहल पनि भईरहेको छ । ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?

समय त आएको छ । मेरो भनाई के हो भने । अधिवेशन आउँदै छ । हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ । किनभने हाम्रो दुर्रदशा भएको छ अहिलेको अवस्थामा । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौ । कसरी हुन्छ परिर्वतन ? कसले गर्छ परिर्वतन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ । तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुदै समुहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ । त्यसले पार्टीलाई  पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदबार भयो भने हामी सजिलोसंग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो ।

तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ , कि त व्यवस्थापन गर्न पर्यो, कि त तिनै जना लड्नुपर्यो । व्यवस्थापन गर्न सकिन्छ ? कुनै उपायहरु छन् ?

यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ । होइन भने त तीनै जनाले लड्नुपर्यो । वार्तामा बसेर कुनै टुंगोमा त पुराउनुपर्यो नि । हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौ भनेर त एकजना मात्रै उभिनु पर्यो नि । तीनै जना उभियौ भने त फेरि परिर्वतन हुदैन । त्यसैले हामी तीन जनाले यति चाही के भन्नुपर्यो भने हामी मध्ये एक जना उभियौ भने चाहीँ सजिलोसंग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ ।

प्रश्न ? अनि त्यो समयमा रामचन्द्र र शेर बहादुर जीको व्यवस्थापन कसरी गर्नुहुन्छ  ?

शेर बहादुर जीको त धेरै उमेर पनि भईसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाब भयो । तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ । उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कि तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । मलाई लाग्छ शेर बहादुर जीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बुढो भईसक्नुभयो । उहाँहरु कतिञ्जेल सम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहीँ अप्ठयारो हुन्छ ।

अहिले महामन्त्री हुनुहुन्छ । तपाईको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?

सबै भन्दा पहिले त मैले अधिराज्यभरीका कांग्रेसका कार्यकर्ताहरुसंग भेटघाट गरिरहेको छु । उनीहरुको राय, सल्लाहा, सुझाव एउटा त्यो भयो । दोश्रो कुरा नेताहरुबीचमा पनि संवाद हुनु जरुरी छ । हुन त कुरा भईरहेको छ नभएको होइन । शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्र जीसंग पनि कुरा त भईरहेको छ । हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौ । म हुन्छु वा को हुन्छ । जो सुकै होस् एकजना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।

आफ्नो कार्याकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरु गर्यो , त्यसमा दहे गरि बोलेनन् । नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने कुराहरु भए, त्यो बेला पनि बोलेनन् । जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षता लगायत विषयमा त्यसबेला बोले किन ?

म भन्न चाहन्छु । एउटा त शेर बहादुर हाम्रो सभापति हाम्रो यत्रो हार भयो चुनावमा हरेकले उहाँलाई विरोध गरे । म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरें । मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन । हामी पनि पदाधिकारीहरु हौ । हाम्रो पनि उत्तिकै गल्ती हो । मैले ढाल बने शेर बहादुर जीको । मैले शेर बहादुर जीलाई धेरै सेभ गरेको हो । र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्नभिन्न छन् झन बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुर जीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ । नत्रभए त मैले पनि त बोल्न सक्थेँ नि । तपाईले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर म तपाईलाई दिदै छु । मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपथ्र्यो । विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टी भित्र ? त्यो हिसाबले मैले नबोलेको ।  

तर यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहीँ ? एक पटक होइन तीन तीन पटक धर्मको बारेमा बोल्दिनुभयो । जुन बेला समयनै थिएन ।

हाम्रो संविधान बन्दै थियो । त्यो बेला मैले शुशिल दा लाई भनँे ‘ हेर्नुहोस् शुशिल दा, यो विपि कोइरालाले बनाएको पार्टी यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो । तपाईले धर्मनिरपेक्षता किन गर्देहुनुहुन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो । ५ ,७ दिन मात्रै बाँकी थियो । उहाँले भन्नुभयो ‘यो प्रेसर छ मलाई के गर्छस् । पछि यो चेञ्ज गरौला ’ । त्यो भनिसकेपछि  मैले बोल्ने कुरा आएन । किनभने संविधान नै दिनुभएन भने त शुशिल कोइराला पनि फेलियर भएर जानुहुन्छ । उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि । यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि । त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ । त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई ।

सभापतिको उम्मेदवारी दिदै गर्दा यहाँका मुद्दाहरु के के हुनेछन् ?

सबै भन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ । हाम्रो धरासायी हुने प्रथम काराण के हो भने टुक्रा टुक्रा भएको, गुटउपगुटहरुले ध्वस्त पारेको छ । सभापति आजको मितिमा पनि तेरो मान्छे , मेरो मान्छे भन्नुहुन्छ । उहाँ  त सबैको सभापति हो नि । उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँनै सफल सभापति हुनुहुन्थ्यो तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे ,मेरो मान्छे’ भन्नुहुन्छ । म के चाहन्छु भने पार्टीलाई एक बनाऔ । पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन । विपि कोइरालाले सभापतिय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरुचाही मनोनित हुनुपर्छ किनभने प्रेसिडेन्सीयल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्यो तर ऊ आईसकेपछि उसले आफ्नो शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्यो । महामन्त्री एकजना, उपसभापति  जना….यस्तै गरेर उसको पार्टीप्रतिको पकड बलियो हुनुपर्यो । सबैले लडेर हुदैन । अधिवेशन भईसकेपछि  महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु ।

शासकिय स्वरुपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ । यसमा तपाईको टिप्पणी के छ ?

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै बर्षदेखि उठिरहेको छ । म चाहीँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु । पहिले दलको नेता हुन्छ । हाउसमा आपफ्नो बहुमत ल्याउँछ । त्यही अनुसार हामी जानुपर्छ । प्रेसिडेन्सियल सिस्टम, डाईरेक्ट चुनाव प्रेसिडेन्सको , त्यो हाम्रो लागि राम्रो हुदैन ।

अन्त्यमा, अब महाधिवेशनकै प्रसंग, क्रियाशिल सदस्यको छिनोफानो, उम्मेदवारको लगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?

सबै भन्दा पहिला त क्रियाशिल सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ । त्यसमा हामी लागि रहेका पनि छौ । समिति बनाएर जिम्मा पनि लगाएका छौ । अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्यो । बिजयगच्छदारको पार्टी, सुनिल थापा जीको पार्टीको क्रियाशिलहरु पनि समावेश हुनुपर्यो र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्यो । मलाई लाग्छ यो शिघ्र नै सम्पन्न हुन्छ । त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ ।