२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक

माधवको खटिरो, ओलीको ओखती र प्रचण्डको परामर्श !

माधवको खटिरो, ओलीको ओखती र प्रचण्डको परामर्श !
अ अ+ अ-

काठमाडौ  । प्रधानमन्त्री केपी शर्माले ओलीले गत बिहिबार नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय कामगर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले जनै खटिरा र त्यसको उपचार बिधिबारे आफ्नो धारणा राख्नुभयो । लगत्तै सामाजिक सञ्जालमा त्यसबारे टिका टिप्पणी हुन थाल्यो । 

किन प्रधानमन्त्रीले कुनै प्रसंग बिना नै यो यो कुरा उठाउनुभयो ? टिकाटिप्पणी यसैमा केन्द्रित थियो । उहाँ आफै जनै खटिरा दबाईका बारेमा किन कुरा गर्नुभयो आफै डाक्टर बनेर ?  ।

यो कुरा भन्नु अघिल्लो दिन पार्टीभित्रको अन्तरकल मत्थर पार्न ओलीले पार्टीका बरिष्ठ नेता माधब नेपालसंग भेट गर्नुभएको थियो । त्यही भेटबाट ओलीले यो प्रसंंग उठान गर्नुभएको रहेछ । त्यस दिन उहाँले भन्नु भएकोथियो  “मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधी चाहीँ बताईदिएँ ।

म आफैलाई पानीसरा भएको थियो । पानीसरा अत्यन्तै पोल्छ र दुख्छ । त्यो घाउ हुन्छ फुटेपछि त्यो बहुत छिटो फैलिन्छ । अनि हाई फिवरमा लान्छ ।  साधारण औषधी कालो तिल आफैले चपाएर थपक थपक लगाईदियो भने विमारीले चपाउन पनि आनन्द मान्छ र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाईदियो भने निको हुन्छ। लगाउदा संगसंगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टा भित्र सुक्छ । त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।” 

प्रधानमन्त्रीका ती साथी को हुन् भन्ने चुरा आज बल्ल खुल्यो । आखिर जनै खटिराले माधव नेपाल पीडित बन्नुभएको रहेछ ।  

एमालेभित्र सहमतिको प्रयास भैरहको समयमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल नेपाललाई शनिबार दिउसो घरमै गएर भेट्नुभयो । दुई नेताको भेटबारे राजीनीतिक रुपमा अनेक आशंका हुन थालेपछि भित्र कुरा जे भएपनि नेपालको सचिवालयले बिरामी नेपाललाई भे्ट्न दाहाल आउनु भएको स्पष्टिकरण दिएको छ ।

नेपालका स्वकीय सचिब मोहन गौतमले नेपाल र दाहालको भेट बारे सामाजिक सञ्जालमा लेख्नुभयो– पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिनयता स्वास्थ्यमा समस्या ९जनै खटिरा० आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । 

आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु ।

हो, नेपालको दुखाई बडो पीडादायी होला । किनभने जनै खटिरा आएपछि निकै पोल्छ र दुख्छ । त्यसैले रोगसँग जिस्किने कुरा त भएन । तर यतिखेर उहाँको थाप्लोमा जनैभन्दा अर्काे अर्थात् राजनीतिक कटिरो पनि उठेको स्पष्ट देखिन्छ । 

त्यसैले उहाँको त्यो तनाबलाई ओलीको घरायसी बुटी या प्रचण्डको परामर्श केले काम गर्ला ? सम्भवत सोमबारसम्म थाहा हुनेछ ।