२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका वरिष्ठ नेता पौडेल किन गए धर्मशालामा



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल धर्मशालामा पुगेका छन् । शनिबार पार्टीको क्रियाशील सदस्य छानबिनबारे बुझ्न नेता पौडेल गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेका हुन् ।

समिति संयोजक रमेश लेखकले ६४ जिल्लाको काम टुंगिएको र ५७ जिल्लाको क्रियाशील सदस्यता छपाई सकिएको जानकारी गराएका पनि उनले समितिले क्रियाशील सदस्यतामाथि परेका उजुरीलाई विवादरहित ढंगले टुंगो लगाउने काम गरिरहेको नेता पौडेललाई जानकारी गराएका थिए ।

नेता पौडेलले समितिको कामको प्रशंसा गर्दै निष्पक्ष रुपमा सदस्यता टुंग्याउन आग्रह गरे । ‘तपाईंहरुले मेहनत गर्नुभएको छ, अहोरात्र खटेर काम गर्नुभएको छ, निष्पक्ष रुपमा काम गर्नुस्,’ पौडेलले भने, ‘महाधिवेशन समयमै गर्ने जिम्मा तपाईंहरुको काँधमा आएको छ ।’

नेता पौडेलले सदस्यता छपाई, कम्युटरमा सदस्यताको नाम इन्ट्रीलगायतका कामको निरीक्षण गरेका थिए । कांग्रेसले भदौ १६–१९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ । १२ साउनदेखि स्थानीय अधिवेशन सुरु हुँदैछ । 




भर्खरै