२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदलको बैठकपछि बिष्टले गरे यस्तो खुलासा, एमालेमा अब के होला ?



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधान कार्यदलका सदस्य गोकर्ण विष्टले आइतबार सहमति हुने बताएका छन् । शनिबार कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् । 

'गम्भीरतासाथ एकले अर्काको मनोविज्ञान बुझ्दै छलफल गर्यौँ। अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं। अब हामीसँग छलफलका त्यति धेरै विषय छैनन्। लगभग हामी समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौ' विष्टले भने, 'यद्यपि, त्यो प्रकारको समाचार घोषणा गर्न सकिरहेका छैनौं। भोलिको दिन पार्टी एकताको सन्देश दिन हामी सफलता प्राप्त गर्नेछौं। अब केही मिलाउने, औपचारिकता दिलाउने काम मात्र बाँकी छ। त्यो भोलि हुन्छ।'

पार्टीभित्र केही समयदेखि देखिएका असहज र असामान्य पस्थितिलाई मिलाउनुपर्ने भएकाले समय लागेको विष्टले बताए। 

ुअविश्वास हटेको छ, विश्वासको वातावरण बनेको छ। लगभग अन्तिम निष्कर्षमा आएका छौं। सुखद् समाचार सुन्नका लागि भोलिभन्दार पर जानुपर्दैनु, विष्टले भने।