२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक

दुई करोड ३५ लाख राजश्व सङ्कलन

दुई करोड ३५ लाख राजश्व सङ्कलन
अ अ+ अ-

काठमाडौं। सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट रु दुई करोड ३५ लाख ६ हजार ७७ राजश्व सङ्कलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व सङ्कलन भएको हो ।

उक्त राजश्वमध्ये सवारी साधन करबाट रु दुई करोड एक लाख ८९ हजार ७२२ राजश्व सङ्कलन भएको यातायात शाखाका कम्प्युटर अपरेटर  शशि न्यौपानेले बताए । त्यस्तै उनका अनुसार रुट परमिट नवीकरणबाट रु तीन  लाख ३८ हजार ६०० राजश्व सङ्कलन भएको छ भने सवारी जाँचपास, नवीकरण, बिलबुकबाट रु नौ लाख ८२ हजार ३५५,  सवारी आयकारबाट रु १५ लाख ११ हजार ४०० र अन्य प्रशासनिक  सेवाबाट रु चार लाख ८४ हजार राजश्व सङ्कलन भएको छ । 

त्यस्तै  शाखाबाट जम्मा दुई हजार ३८० सवारी नवीकरण गरिएको छ । त्यस्तै ११४ वटा रुट परमिट नवीकरण गरिएको छ । एक सय १६ वटा सवारी जाँचपास भएको छ । मोटरसाइकल एक हजार ८९१, ट्र्याक्टर १३३, निजी पिकअप ४९, मिनी ट्रक १६, भाडा पिकअप ७९, निजी जिप ३१, भाडाबस मिनीबस ५०, निजी कार ५७, भाडा जिप १४, भाडा टिपर १४ नवीकरण भएको उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै एक्साभेटर पाँच, निजी बस १०, भाडा ट्याक्सी १५, सरकारी मोटरसाइकल स्कुटर सात, सरकारी कार जिप भ्यान तीन, निजी ट्रक एक, एम्बुलेन्स नौ, अन्य सवारी तीनवटा सवारी नवीकरण गरिएको उक्त शाखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लावासीलाई  यस शाखा स्थापना हुनुअघि पोखरा जानुपर्ने बाध्यता रहँदै आएको थियो । जिल्लामै यी सुविधा भएसँगै यहाँका सेवाग्राहीले सेवा लिन थालेपछि करसमेत बढ्न थालेको शाखाले जनाएको छ ।