२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान सेनाले गरेको कारबाहीमा ५६ तालिबानी मारिए



अ+ अ-

एजेन्सी । अफगानिस्तानको उत्तरी सिबरगन क्षेत्रमा शुक्रबार यहाँको सेनाले गरेको कारबाहीमा परेर कम्तीमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन् ।
 
अफगानिस्तानको सरकारी सैन्य फौजले यहाँका तालिबानहरुका विरुद्धमा गरेको कारबाहीमा परी ५६ जना तालिबानी मारिएका  र अरु १० जना घाइते भएका बताइएको छ । 

अफगानिस्तानको उत्तरी प्रान्त सिबरगनमा सो कारबाही गरिएको थियो । त्यस कारबाहीका क्रममा अरु २३ जना तालिबानी लडाकूहरुलाई यहाँको सेनाले पक्राउ गरेको थियो ।  

त्यस कारबाहीका क्रममा परेर अरु कैयौँ व्यक्ति हराएका पनि समाचारमा जनाइएको छ ।  उक्त भिडन्तमा परी अफगानिस्तानको सेनाका केही सदस्य पनि हताहत भएको हुन सक्ने आशंका गरिएको छ । तर यस विषयमा यहाँको सेनाले भने कुनै जानकारी दिएको छैन ।

सो क्षेत्रमा शुक्रबार रातिदेखि नै भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् । सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । 

त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । अफगान सेनाले कारबाही शुरु गरेपछि तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् । 




भर्खरै